samajikkhabar.com
xi jing ping

चिनियाँ बिदेश मन्त्रालयले राष्ट्रपति सि को नेपाल भ्रमणको मिती सार्वजनिक गरेको छ ।
सी भारत हुँदै काठमाडौं आउने निश्चित भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। बुधबार परराष्ट्र मन्त्रालयको ब्लु हलमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति सीले ११–१३ अक्टोबरमा नेपाल र भारतको भ्रमण गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

बेइजिङमा घोषणा भएको केही मिनेटमा परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै सी दुई दिने भ्रमणमा आगामी शनिबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि उनी आउन लागेका हुन्। चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमण हुन लागेको हो। सन् १९९६ मा जियाङ जेमिनले नेपालको भ्रमण गरेपछि चीनबाट यो स्तरको भ्रमण भएको थिएन। सी दक्षिण भारतमा एक रात बिताउने छन्। त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफल गर्ने बताइएको छ। चेन्नाईबाट ६५ किलोमिटर टाढा रहेको ममल्लिपुरममा डुंगा सयर गर्दै हुने अनौपचारिक वार्तालाई उहान दोस्रो भनिएको छ। त्यसमा भारत र चीनको मात्र नभएर दक्षिण एसियाको विषयमा पनि छलफल हुनेछ।

चीन यतिबेला एसिया पहिलोको लक्ष्यमा लम्किरहेको र भारतसँग यसमा सहकार्य अनि नेपाललाई द्वार बनाउन अग्रसर छ। चिनियाँ अध्येताहरूले नेपालमा चीनको उच्चस्तरको भ्रमण नहुँदा र मन्त्री स्तरबाट मात्र सहकार्य गर्न खोज्दा बेवास्ता गरेको र पश्चिमा शक्ति नेपालमा हावी हुँदै गरेको लगातार प्रतिवेदनपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण जुरेको हो।

सीले अघिल्लो कार्यकालमा नेपाल भ्रमण गरेनन्। यसअघिका राष्ट्रपति हु जिन्ताओले आफ्नो दुई कार्यकालमा नेपाल सम्झेनन्। उनले अन्तमा झारा टार्न आफ्ना प्रधानमन्त्री वेन जियावाओलाई खाडी मुलुक जाने क्रममा पाँच घण्टाको लागि काठमाडौं पठाएका थिए। यहाँ राजनीतिक स्थायित्व कायम भएकाले पनि यो भ्रमणलाई बेइजिङले उपयुक्त ठहर्‍याएको हुनसक्ने अधिकारीहरु बताउँछन्।

samajikkhabar.com