samajikkhabar.com
road safety in nepal - un - जाँ टोड

नेपालको सडक सुरक्षामा राष्ट्रसङ्घले चासो देखाएको छ । सडक सुरक्षासम्बन्धी राष्ट्रसङ्घका विशेष दूत जाँ टोडले बढ्दो सडक दुर्घटना नियन्त्रणका लागि नेपाल सरकारसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन्।

गत साता नेपालको भ्रमणमा आएका उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा अन्य उच्च अधिकारी, यातायात व्यवसायी तथा नागरिक समाजसँग भेटवार्ता गरेका थिए। सडक सुरक्षाको विषय सरकारको उच्च प्राथमिकतामा हुने उल्लेख गर्दै उनले नेपालमा सार्वजनिक यातायत क्षेत्रमा रहेको भनिएको सिन्डिकेटको समस्याबारे जानकार रहेको उनले बताए।

सिन्डिकेटको समस्या हल गर्ने जिम्मेवारी नेपाल सरकारकै हो । नेपालजस्तो विकासोन्मुख देशमा भ्रष्टाचार र सवारी दुर्घटनाको उल्लेख्य सम्बन्ध रहन्छ ।

उनले ट्राफिक सम्बन्धी आधारभूत नियम र कानुनको पालना गर्दा मात्रै पनि सवारी दुर्घटनामा हताहतहुनेहरूको सङ्ख्या आधा घटाउन सकिने उल्लेख गरे।

samajikkhabar.com