samajikkhabar.com
sashibikram

बिरोधको नयाँ तरिकाको अवलम्बन गर्दै विवेकशील नेपाली पार्टिका एक नेताले आफ्नै अनुहारमा कालो दलेर जुत्ताको माला लगाएका छन् । विवेकशील नेपाली पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्की आफैंले आफ्नो अनुहारमा कालोमोसो र जुत्ताको माला लगाएका छन् । उनले पछिल्लो समय उत्कर्षमा रहेको महरा काण्ड निकै लज्जास्पद भएको भन्दै लोकतान्त्रिक भनिएको मुलुकमा रहेर यो सब टुलुटुलु हेरेर पनि केही गर्न नसक्नुको पीडा पोखेका छन् ।

उनले सबै नागरिकको समान हैसियत हुने भनेर लोकतन्त्र ल्याएपनि त्यसो हुन नसकेको बताउँदै वर्तमान घटनाक्रमले कानून ठूलालाई चैन सानालाई ऐन चरितार्थ भएको बताउँदै आफुले आफैंलाई प्रश्न गर्दै कालोमोसो लगाउनुपरेको बताए । उनले सबै नेपालीलाई समेत आफ्नो अनुहारमा कालो पोतेर जुत्ताको माला लगाउन आग्रह गरेका छन् ।

उनले फेसबुक मार्फत सार्वजनिक गरेको भिडियोमा भनेका छन्, “सभामुख कृष्णबहादुर महरालाई यौन दुर्ब्यवहार गरेको गम्भीर आरोप लगाउँदै एक महिलाले भिडियोमा बोल्छिन् । खवर चारै तिर फैलिन्छ, देशका शीर्षस्थ नेताहरुले भिडियो फुटेज हेरेर महरा त्यहाँ पुगेको निष्कर्ष निकाल्दै राजीनामाको निर्देशन दिन्छन् तर भोलिपल्टै महिलाले बोली फेर्दै दुर्ब्यवहार नभएको अभिव्यक्ति दिन्छिन् ।”

कार्कीले अगाडि भनेका छन्, ‘महिलाको भोलिपल्टै फेरिएको अभिब्यक्ती कस्तो दबाव र प्रभावबाट आयो ’ ? उनले यो विषयले सदनको गरिमामाथि समेत आँच पुर्याएको बताए ।

samajikkhabar.com