samajikkhabar.com
sanduk ruit

सरकारले आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने निर्णय गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने निर्णय भएको जानकारी दिएका हुन्।

सँगै सरकारले राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुंगानालाई दिने निर्णय गरेको छ। यो पुरस्कार जनही दुई लाख ५० हजार राशीको हो।

samajikkhabar.com