samajikkhabar.com
दुर्घटनाका कारण बन्दै डिजिटल होर्डिङ बोर्ड

काठमाण्डौँ त्रिपुरेश्वर स्थित वल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होडिङबोर्डको कारण सो स्थानमा दुर्घटना बढेको छ । त्रिपुरेश्वर चोकैमा रहेको उक्त बोर्ड चोकको तिनै तर्फबाट चालकको आँखामा पर्दछ । चोक सडकको धेरै दुर्घटना हुने ठाउँ हो । त्यसमाथि चोकमै तिन तिरबाट आँखामा पर्ने गरि वल्ड ट्रेड सेन्टरको चार तल्ला अग्लो उक्त बोर्ड दुर्घटनाको कारण बनिरहेको छ ।

सडक नियम अनुसार चालकको ध्यान खिच्ने गरि सडक छेउछाउमा त्यस प्रकारको विज्ञापनमा नेपालको कानुनले रोक लगाएको छ । “हामी यस विषयमा गम्भीर भएका छौँ, यसले दुर्घटना निम्त्याएको पक्कै छ । यो स्थानिय सरकारको मातहतको विषय भएको र सडक सुरक्षाको विषय संग पनि जोडिएको हुनाले यस्ता खालका होर्डिङ बोर्डलाई नियमन गर्ने र सडक सुरक्षित बनाउने योजनामा ट्राफिक प्रहरी रहेको छ ।” ट्राफिक प्रहरीका प्रवक्ता एस. पि. रवि कुमार पौडेलले बताउनु भयो । साथै पौडेलले यस विषयमा ट्राफिक प्रहरी कार्य विधिनै बनाएर अगाडि बढेको समेत बताउनु भएको छ ।

samajikkhabar.com