samajikkhabar.com
Sher-Bahadur-Deuba

नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले जसरी भए पनि अघिल्लो निर्वाचनमा अन्तरघात गरेर पार्टीलाई हराउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।उनीहरुलाई कारबाही गरिँदा आफू सभापतिबाट हट्नुपरे पनि हट्न तयार रहेको उनको भनाइ छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेशन प्रतिनिधिहरुको लागि आयोजित प्रदेश ३ स्तरीय प्रशिक्षण कार्यक्रम शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो चेतावनी गरेका हुन्।

‘ गएको चुनावमा पार्टीलाई हराउने र अन्तरघात गर्नेहरुलाई कारबाही हुन्छ’, सभापति देउवाले भने, ‘बरु म बाहिरिनुपरे बाहिरिन्छु तर कारबाही हुन्छ ।’ चुनावमा असहयोग गर्ने र उल्टै पार्टीलाई हराउनेहरुलाई कारबाही नगर्न धेरै दबाब आएकोतर्फ संकेत गर्दै उनले थपे, ‘पार्टीलाई हराउनेलाई कारबाही गर्न नपाउने ? धेरै साथीहरुले चुनाव हार्नुभएको छ। ती साथीहरु हार्नुभएको होइन पार्टी हारेको हो।’

सभापति देउवाले मुलुकमा एकदलीय सर्वसत्तावाद लाद्न कम्युनिस्टहरु लागिपरेको औंल्याए।उनले कम्युनिष्टहरुको एकदलीय सर्वसत्तावादविरुद्ध मुलुकमा फेरि अर्को आन्दोलनको जरुरी भएको स्पष्ट पारे। यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई सभापति देउवाले आउँदो मंसिर १४ गते भक्तपुर निर्वाचन क्षेत्र १ को प्रदेश क मा हुने निर्वाचनमा कांग्रेसलाई जिताउनसमेत निर्देशन दिए। कांग्रेसको विजयी भक्तपुरबाटै सुरु हुनुपर्ने जिकिर गर्दै उनले भने, ‘भक्तपुरबाटै कांग्रेसले विजयी सुरुवात गर्नुपर्छ। पार्टीबाट एकजनाले टिकट पाउने हो। जुन उम्मेदवार जसरी पनि जित्नुपर्छ ।

samajikkhabar.com