samajikkhabar.com
suicide in singhadurbar

सिंहदरबारमा मृत भेटिएका कर्मचारी बच्चुराम केसी अन्ततः आत्महत्या गरेको बुझिएको छ । उनले एक सूसाइड नोट समेत लेखेको भेटिएको छ । जहाँ उनले घर व्यवहार मिलाउन नसकेर आत्महत्या गरेको उल्लेख गरेको कुरा प्रहरीले जनाएको छ । एक प्रहरी निरीक्षकले जनाए अनुसार उनले सूसाइड नोटमा घर खर्च चलाउन नसकेर आत्महत्या गरेको उल्लेख छ ।

उनले नोटमा लेखेका छन्, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैको दोष छैन । मिडियावाजी नगर्नू र चिन्ता नगर्नू ।’ उनको शव अहिले पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।

राति ११ बजे सिंहदरबार छिरेका थिए मृत भेटिएका कर्मचारी सिंहदरबार स्थित योजना आयोगका कर्मचारी बच्चुराम केसी मंगलबार बिहान कार्यालयमै मृत भेटिएका थिए । उनको साथबाट ‘सूसाइड नोट’ र विषादीको बट्टा समेत भेटिएको थियो । र उनि राति ११ बजे किन सिँहदरबार छिरे भन्ने कुरा रहस्यमय नै छ ।

samajikkhabar.com