samajikkhabar.com
कपिलवस्तु समाजवादी पार्टीका नेता माथि गोली प्रहार
कपिलवस्तु समाजवादी पार्टीका नेता माथि गोली प्रहार

कपिलवस्तुमा समाजवादी पार्टीका स्थानीय नेतामाथि गोलि प्रहार भएको छ । शुद्दोधन गाउँपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोलि प्रहार भएको छ । मोटरसाईकलमा आएका अज्ञात दुई व्यक्तिले गोलि हानेर भागेका थिए । यादवको पाखुरामा गोलि लागेको छ ।

हाल उनि खतरामुक्त रहेका छन् । गोलि चलाउने को हुन् भनेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यादवको तौलिहवा अस्पतालमा उपचार भैरहेको छ ।

samajikkhabar.com