samajikkhabar.com
raman construction in black list
Construction work on Dharahara’s raft foundation in progress. Photo: NRA

धरहरा निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सन कालो सूचीमा परेको छ । कालोसूचीमा परेसँगै रमणलाई ठेक्का सम्झौतामा काम गर्न प्रतिबन्ध लागेको छ ।

हाल धरहरा निर्माण गरिरहेको रमणले हुलाकी सडक निर्माणको पनि जिम्मा पाएको थियो । काम सन्तोष जनक नभए पनि मेलम्ची र भेरी बबई डाइभर्सन आयोजनामा समेत रमणलाई नै ठेक्का दिने तयारी भइरहेको थियो ।

हुलाकी सडक निर्माणमा पप्पु र रमणले संयुक्त रुपमा काम गर्दै आएका थिए । तर, रमणको काम सन्तोष जनक नभएको भन्दै हुलाकी राजमार्ग निर्देशनालयले रमण, पप्पु जेभी, जनकपुर ९, धनुषालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण, पप्पु जेभीलाई खरिद कार्यमा सहभागी हुनबाट रोक लगाएको हो ।

कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उप नियम (२) अनुसार दुवै निर्माण कम्पनीलाई कारबाही गरेको जनाएको छ । खरिद नियमावलीको यो दफामा कालोसूचीमा परेका निर्माण कम्पनीले यसको टुंगो नलागेसम्म नयाँ सार्वजनिक खरिद कार्यमा भाग लिन नपाउने उल्लेख छ ।

समयमा तोकिएको कार्य नगर्ने निर्माण कम्पनीलाई कति अवधिसम्मका लागि कालोसूचीमा राखिएको हो भन्नेबारे भने कार्यालयले खुलाएको छैन ।

samajikkhabar.com