samajikkhabar.com

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गरेपछि संसद बैठक बुधबार पनि स्थगित भएको छ । अर्को बैठक भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने गरी संसद बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा कांग्रेस र राजपाका सांसदले उभिएर नाराबाजी गरेका थिए । उनीहरुले ’निर्मला पन्तका हत्यारालाई कारबाही गर, सर्लाहीमा प्रहरीसँगको मुडभेडमा मारिएका भनिएका कुमार पौडेल हत्याको छानबिन गर’ भन्दै नारा लगाएका थिए । कांग्रेस र राजपाले माग पुरा नहुँदा सम्म संसद चल्न नदिने बताउँदै आएका छन् । यसअघि सोमबारको बैठक पनि कांग्रेस र राजपाका सांसदको अवरोधका कारण स्थगित भएको थियो ।

संसद बैठक अवरोधका कारण स्थगित
samajikkhabar.com