samajikkhabar.com

हेटाैँडा –  प्रदेश तीनको नाम वागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ ।  

आइतबार बिहान भएकाे मतदानमा मुख्यमन्त्री डाेरमणि पाैडेलले राख्नुभएकाे प्रस्ताव बहुमतले स्वीकृत भएकाे हाे । प्रस्तावकाे पक्षमा १ सय ५ र विपक्षमा जम्मा ३ मत खसेकाे हाे ।

प्रदेश ३ काे राजधानी काभ्रेकाे धुलिखेल बनाउनु पर्ने पक्षमा ३ मतमात्र खसेपछि हेटाैँडा स्थायी राजधानी हुने पक्का भएकाे हाे । 

१ सय १० सदस्यीय प्रदेशसभामा एकजना अनुपस्थित रहेको र सभामुखले मतदान नगरेकाले १ सय ८ मत खसेको थियो । अहिले प्रदेशको नामाकरणको विषयमा मतदान भइरहेको छ ।

शनिबारकाे प्रदेश सभा बैठकमा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहनु भएका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा बनाउने सम्बन्धि प्रस्ताप र प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम वाग्मती राख्ने प्रस्ताव पेस गर्नुभएको थियो । 

यसअघि प्रदेश सभाले नाम र राजधानी तोक्न नसकेकाे भन्दै जनगुनासो आइरहेकाे थियो । प्रदेश सभामा पनि यसकै विषयमा धेरै कुरा उठ्ने गरेको थियो । 

samajikkhabar.com