samajikkhabar.com

हेटौँडा – प्रदेश ३ काे राजधानी हेटौँडा कायम गर्न नेपाल कम्युनिष्ट पार्टीभित्र (नेकपा) भित्र एकमतको प्रयास थालिएको छ ।

स्थायी राजधानी हेटौँडा कायम गर्नका लागि प्रदेश सभामा नेकपा एकमत भएर अगाडि बढ्ने नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फूयाँलले बताउनु भयो । स्थायी राजधानी हेटौँडा कायम गरेर नाम वाग्मती राख्न नेकपाका सबै सांसद एक हुने उहाँले बताउनु भयो ।

नेकपा संसदीय दलको बैठक चलिरहँदा पनि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायतका दलहरुसँग पनि सर्वसहमतिको प्रयास भइरहेको छ । सर्वसहमतिको प्रयासका लागि अनौपचारिकरुपमा दलहरुसँग छलफल भइरहेकाे फूयाँलले जानकारी दिनुभयाे ।  

नेकपाको संसदीय दलको शुक्रबारकाे बैठकले प्रदेशको स्थायी राजधानीका विषयमा निर्णय गर्ने तयारी गरेको छ । राजधानी र नामाकरणका विषयलाई लिएर सांसदहरुका बीचमा बैठक चलेको आज पाँचौ दिन हो ।

हरेक दिन नाम र राजधानीका विषयमा संसदीय दलले निर्णय गर्ने भने पनि बैठक बिना निष्कर्ष स्थगित हुने गरेको छ ।  

samajikkhabar.com