samajikkhabar.com

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रदेश नं ३ को अध्यक्ष पदमा गोरखापत्र दैनिकका सिन्धुपाल्चोक संवाददाता चित्र मिजार निर्वाचित भएका छन।

पत्रकार सङ्घको आइतबार सम्पन्न भएको प्रदेश नं ३ को प्रथम भेलाले मिजारको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कमल विश्वकर्मा (मकवानपुर), सचिवमा वसन्त परियार (धादिङ), सहसचिव सरोज उपरकोटी (चितवन) र कोषाध्यक्षमा शर्मिला विश्वकर्मा (काठमाडौँ)लाई चयन गरिएको छ । सदस्यमा भोजराज विश्वकर्मा, सीताराम बयलकोटी, विश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भीर विक, सङ्गम दर्जी, सुशीला विक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन भएका छन्।

त्यसैगरी भेलाले सङ्घको काठमाडौँ उपत्यका कमिटीको अध्यक्षमा राष्ट्रिय समाचार समितिका सुशील दर्नाललाई चयन गरेको छ । उपाध्यक्षमा गणेश विक, सचिव सन्दिप विश्वकर्मा, सहसचिव निरोज तालागङ्गी, कोषाध्यक्ष सुशीला विश्वकर्मा तथा सदस्यहरुमा पवन बराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, वीरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का र अनिल सुनाम परियारलाई चयन गरिएको छ । राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका अध्यक्ष विनोद पहाडीले दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि २०६७ मा संस्था स्थापना गरिएको जानकारी दिए।

samajikkhabar.com