samajikkhabar.com

झापाको बाह्रदशी गाउँपालिका ३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको सर्पले डसेर मृत्यु भएको छ । धान राखेको भकारीबाट टालो निकाल्ने क्रममा भकारीमै लुकेर बसेको सर्पले पौडेललाई डसेको हो ।

विषालु सर्प गोमनले डसे लगतै पौडेललाई सर्पदंश उपचार केन्द्र चारआलि पुर्‍याइये पनि भेन्टिलेटरको अभाब भएपछि बिर्तासिटी अस्पतालमा उपचारको क्रममा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

samajikkhabar.com