samajikkhabar.com

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्दशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ । 

ऊर्जामन्त्रीस्तरीय निर्णयले प्राधिकरणका उप-कार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । 

कोइराला प्राधिकरणमा दोश्रो वरीयताका उप-कार्यकारी निर्देशक हुन् । पहिलो वरीयतामा रहेका हितेन्द्रदेव शाक्य प्राधिकरणअन्तर्गतकै अर्को कम्पनी एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडको प्रमुखका रुपमा कार्यरत छन् ।

चार वर्षे कार्यकाल सकिएर कुलमान घिसिङ आज बिदा भएका छन् । 

samajikkhabar.com