samajikkhabar.com

काठमाडौं : सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्ति गरेको छ ।

सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि खतिवडाले अर्थ तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

राष्ट्रिय सभा सदस्यमा सिफारिस हुन नसकेपछि उनले भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए

खतिवडाले मन्त्रीसरहको सुविधा पाउनेछन् । सांसद नभए पनि ओलीले खतिवडालाई ६ महिना मन्त्री बनाएका थिए ।

samajikkhabar.com