samajikkhabar.com

काठमाडौं : सरकारले कुलमान घिसिङको म्याद थप गर्न अस्वीकार गरेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्वन्धी ।

कार्यविधिअनुसार घिसिङलाई म्याद थप गर्न नमिल्ने भन्दै उर्जा मन्त्रालयले घिसिङको म्याद थप नगरेको हो ।

उर्जामन्त्री बर्षमान पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले भने, ‘उहाँले म्याद थप गर्न नियमले नै मिल्दैन्, कसरी गर्ने ?’ उनले ।

आजसम्म घिसिङको समय बाँकी रहेकाले सोमबार प्राधिकरणका वरिष्ठ उपकार्यकारी ।

निर्देशकलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने तयारी भइरहेको बताए ।चार बर्षे कार्यकाल आजबाट सकिएकाले घिसिङले सोमबारबाट अवकाश पाउँदैछन् ।

उर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिने तयारी गरेको छ ।

आजसम्म घिसिङको म्याद बाँकी रहेकाले भोलि नै निमित्त तोकिने भट्टले जानकारी दिए । लोडसेडिङ अन्त्य गर्न सक्रिय भूमिका खेलेकाले उनको म्याद थप गर्न सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ ।

उर्जा मन्त्रालयको कार्यविधिमा कार्यकारी निर्देशकको म्याद थप गर्ने प्रावधान नरहेकोले प्रतिस्पर्धाबाट छनोट गर्नुको विकल्प नरहेको बताएको मन्त्रालयले बताएको छ ।

यदि म्याद थप गर्ने हो भने उक्त कार्यविधि नै खारेज वा संशोधन गर्नुपर्ने र एउटा व्यक्तिको लागि कार्यविधि नै हेरफेर गर्ने कुरा गर्न नसकिने मन्त्रालयको भनाई छ ।

प्रधानमन्त्री केपी ओली र उर्जामन्त्री पुन नै सकारात्मक नहुँदा घिसिङको म्याद थप हुन नसकेको हो । यता निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउन ।

हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री पत्नी राधिका शाक्यमार्फत लबिङ गरिरहेका थिए ।पाथीभरा डेलि बाट साभार

samajikkhabar.com