samajikkhabar.com

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्ने भएका छन् ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि चीनतर्फको नाकामा सामान रोकिएको भन्दै आइतबार ज्ञापन पत्र बुझाउन पुगेका व्यवसायीसँग कुरा गर्दै सभापति देउवाले व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्री ओलीसँग कुराकानी गर्ने बताएका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले १० महिनादेखि केरुङ नाकामा मालबस्तुसहितका १ हजार २ सय वटा कन्टेनर रोकिएर बसेको र त्यसाई काठमाडौं ल्याउन पहल गरिदिन ज्ञापनपत्र बुझाएको बताए ।

अध्यक्ष कटुवालका अनुसार ज्ञापन पत्र बुझ्दै सभापति देउवाले प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

कोभिडपछि व्यापार व्यवसायलाई सूचारु गर्नका लागि विनाधितो ऋण उपलब्ध हुने व्यवस्था गर्न समेत माग गरिएको अध्यक्ष कटुवालले बताए ।

samajikkhabar.com