samajikkhabar.com

काठमाडौैं : प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

अध्यक्षद्वयबीच स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल भएको बुझिएको छ । 

नेकपाले भदौ २६ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

असार १० गतेबाट सुरु भएको बैठक असार १८ यता बस्न सकेको छैन ।

बैठकमा कार्यदलल बुझाएको प्रतिवेदनलाई सचिवालय सदस्यहरूको सुझावको आधारमा केही परिमार्जन गरेर पेस गर्ने तयारी भएको नेकपाका नेताले बताउँछन् ।

अध्यक्षद्वयले प्रतिवेदन पेस गरेपछि बैठक त्यही दिन सक्ने तयारी रहेको पनि स्रोतको दाबी छ ।

samajikkhabar.com