samajikkhabar.com

काठमाण्डाै : काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रक्रियाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।

ठेक्का प्रक्रियाको विरोध गरिरहेको कांग्रेसको भातृ संगठनका नेताहरुले आज माइतीघरमा प्रदर्शन गरेका हुन् । ठेक्का प्रक्रियाको छानबीन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन् ।

महामारीको समयमा जनता कोरोनाबाट प्रभावित भइरहेको बेला सरकारले मिलाेमताेमा ठेक्का दिएको उनीहरुको आरोप छ । अहिले उपत्यकामा निषेधाज्ञा जारी छ । सङ्क्रमण्को जोखिम दिनदिनै बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाकै बीचमा कांग्रेसकाे भातृ संगठनका नेताहरु प्रर्दनमा उत्रिएका हुन । १२ जनामात्रै सहभागी भएर सामाजिक दूरी कायम गरी प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।

रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उनीहरुले आग्रह गरेका हुन् । प्रदर्शनकै क्रममा प्रहरी आइपुगेपछि उनीहरु तितरबितर भएका थिए ।

samajikkhabar.com