samajikkhabar.com

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई विधान विपरीतका निर्णय सच्याउन आग्रह गर्ने निर्णय गरेको छ। सभापतिले निर्णय नसच्याए पार्टी कार्यालयमा धर्नादेखि आमरण अनशन बस्नेसम्मका कार्यक्रम गर्ने रणनीति पौडेल समूहको छ।

इतर समूहका नेताको शनिबार भएको जुम बैठकले विधानविपरीत गरिएका निर्णय सच्याउन सभापति देउवालाई दबाब दिने निर्णय गरेको हो। जुम बैठकमा महामन्त्री डा. शशांक कोइरालाले आगामी कार्यनीति पेश गरेका थिए।

‘सुरुमा सभापतिलाई भेटेरै निर्णय सच्याउन आग्रह गर्छौँ, सभापतिबाट विधान विपरीत भएका सबै निर्णय सच्याउन पार्टी कार्यालयमा दर्ता गराउँछौं,’ केन्द्रीय सदस्य गुरु घिमिरेले भने, ‘त्यसको सुनुवाइ नभएन भने धर्ना दिनेदेखि आमरण अनशन बस्नेसम्मका कार्यक्रम हुन्छन्।’

विरोधका बीच पनि सभापति देउवाले विभाग गठनलाई निरन्तरता दिएपछि इतर समूह आक्रोशित बनेको हो। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका कतिपय नेताले सामूहिक राजीनामा दिएर सभापतिलाई दबाब दिनुपर्नेमा जोड दिएपनि बैठकले भने यसबारे कुनै निर्णय गरेको छैन।

‘राजीनामा दिने कुरा त नेताहरुको स्वविवेकको कुरा हो, अघिल्लो पटक शेरबहादुर देउवाले कसैलाई सोधेर राजीनामा दिनुभएको थिएन,’ पौडेल समूहको एक नेताले भने, ‘मनोनित सदस्यले राजीनामा दिनुपर्ने आवाज उठेको छ। यो कुरा त वरिष्ठ नेता आफैले बुझ्नुपर्ने हो।’

बैठकमा वरिष्ठ नेता पौडेलले राजीनामाका विषयमा केही कुरा उल्लेख गरेनन्। तर उनले पार्टीभित्र विधि स्थापित गर्न सशक्त दबाब दिनुपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए।

‘अघिल्लो बैठकमा उहाँ(पौडेल्र) ले विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको भेला बोलाउने कुरा गर्नुभएको हो, आजको बैठकमा विधिसम्मत रुपमा पार्टी सञ्चालन गर्नुपर्छ भन्नुभयो,’ पौडेलको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘उहाँले खुट्टा कति बलियो बनाउनुहुन्छ, त्यसैमा हाम्रो आगामी रणनीति बन्छ।’

त्यतिबेला देउवाले केन्द्रीय सदस्यबाट राजीनामा दिनुको साथै, विभागबाट आफ्नो पक्षकालाई राजीनामा दिन लगाउने, केन्द्रीय कार्यमितिको बैठक बहिष्कार गर्ने, अनशन बस्नेलगायतका कार्यक्रम गरेका थिए ।

अहिले पौडेल पक्षले पनि त्यस्तै कार्यक्रममार्फत दबाब दिने तयारीमा पुगेको हो । पौडेल पक्षले पार्टीको १३ औं महाविधेशन अघि तत्कालीन सभापति सुशील कोइरालाका पालामा देउवाले गरेका रणनीतिक दबावकै नक्कल गर्न लागेको हो ।

पौडेल समूहले बोलाएका यसअघिका बैठकमा अनुपस्थित रहँदै आएका तेस्रो धारका नेता शनिबारको जुम बैठकमा भने सहभागी भएका छन्।

नेताहरु गगन थापा, प्रदीप पौडेल बैठकमा सहभागी थिए। नेता कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए। तेस्रो समूहका नेताका रुपमा चिनिने थापाले सिटौलालाई पनि बैठकमा उपस्थित गराउनुपर्नेमा जोड दिएका थिए।

सभापति देउवा महाधिवेशनलाई प्रभावित पार्न विधानविपरीत विभाग गठन गर्न लागेको भन्दै नेता थापाले सभापतिका गलत कदमविरुद्ध सबै एक ठाउँमा उभिनुपर्ने धारणा राखेका थिए।

विभाग गठन र क्रियाशील सदस्यता वितरणमा संस्थापन इतर समूहका नेताको विरोध छ। उनीहरुले महाधिवेशनको निष्पक्षमतामाथि प्रश्न उठाउँदै आएका छन्। सभापति देउवाले ४७ विभागमध्ये २० विभाग गठन गरेका छन्।

विधानअनुसार ६ महिनाभित्र विभाग गठन गर्नुपर्नेमा सभापति देउवाले महाधिवेशनको मिति घोषणा गरिसकेपछि विभाग गठन गरेको भन्दै पौडेल समूहले असन्तुष्टि जनाउँदै आएको छ।

चार वर्षे औपचारिक कार्यकाल सकिसकेकाले सभापतिले महाधिवेशनका गतिविधिबाहेक अन्य काम गर्न नमिल्ने उनीहरुको दाबी छ। तर सभापति देउवाले भने विधानमा कामचलाउ सभापति भन्ने प्रावधा

samajikkhabar.com