samajikkhabar.com

काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पार्टीले राष्ट्रिय सभामा पठाउने निर्णय गरेसंगै अर्थमन्त्री डा। युवराज खतिवडाले शुक्रबार राजीनामा दिने भएका छन् । विहिवार नेकपा सचिवालय वैठकले राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै फेरी दोहोर्याउने चाहना राखेको भएपनि ६ महिना अघि पार्टिले गरेको निर्णय कार्यान्वयन गर्न नेता गौतमले दवाव दिएपछि ओली अप्ठेरोमा परेका थिए । बुधवार नै राजिनामा दिन चाहेका खतिवडालाई प्रधानमन्त्री ओलीले नै रोकेको बताइएको छ ।

नेता गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय पार्टीले ६ महिना अघि नै गरेको थियो । तर कार्यान्वय ढिलाई हुँदा नेता गौतमले दवाव दिएका थिए । तर विहिवार नेता गौतमलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्री ओली नै सहमत भएपछि खतिवडाको यात्रा रोकिएको छ ।

शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ । बुधबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका खतिवडालाई प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए ।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुग्ने र विदाई हुने योजना बनाएका छन् ।त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस :

छोटो विधिबाट मच्छिन्द्रनाथको जात्रा मनाउने सहमति, ललितपुर चक्रपथ क्षेत्रभित्र कर्फ्यु

सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको खेल नतिजाविहीन

रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता देऊ : कांग्रेस

आजको राशिफल : २०७७ भदौ १९ गते शुक्रबार

मेस्सीका विषयमा सहमति हुन सकेन, बार्सिलोनामा रहने/नरहने अझै अनिस्चित

मनमोहन अस्पतालको आकस्मिक कक्षमा दाेहाेराे भिडन्त भएपछी आकस्मिक सेवा बन्द

samajikkhabar.com