samajikkhabar.com

काठमाडौं : नेपाली कांग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाइ रथ यात्रा गर्नु पर्ने कांग्रेसको धारणा छ ।

कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न नेपाली कांग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ ।’

ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा बिहीबार स्थानीय र प्रहरीबीच भएको झडपको घटनाप्रति कांग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ । परम्परागत जात्रा सन्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित पक्षबीच समन्वय नहुँदा दुःखद परिस्थिति सिर्जना भएको कांग्रेसको ठहर छ ।

यो पनि पढ्नुहोस :

आजको राशिफल : २०७७ भदौ १९ गते शुक्रबार

मेस्सीका विषयमा सहमति हुन सकेन, बार्सिलोनामा रहने/नरहने अझै अनिस्चित

ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि कर्फ्यु

वामदेव गौतमको सांसद बन्ने १८ औं प्रयास सफल, संघीय संसद् छिर्न गौतमले के सम्म गरेनन् ?

पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा ९ जना पक्राउ

अध्ययनविनै सरकारले निषेधाज्ञा लगाउने र खोल्ने निर्णय गर्‍यो : कांग्रेस

samajikkhabar.com