samajikkhabar.com

काठमाडौं : निषेधाज्ञा लगाउने र खोल्नेजस्ता निर्णय सरकारले हचुवाका भरमा गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बताएको छ।

कुनै ठोस अध्ययनविना लकडाउन, निषेधाज्ञा गर्ने वा खोल्ने निर्णय भइरहेको कांग्रेसले गठन गरेको कोरोना अनुगमन समितिले बताएको हो।

समितिका संयोजक, कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकार कोरोना रोकथाम तथा नियन्त्रणको आवश्यक तयारीप्रति अझै गम्भीर नरहेको बताएका हुन्।

बिहीबार प्रेस विज्ञप्ति निकालेर महतले ‘सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर छैन। उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ। देशको विभिन्न भागहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ। यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको’ उल्लेख गरेका छन्।

अन्य तयारी नगरेर सरकारले कोरोना नियन्त्रणका नाममा लकडाउन र निषेधाज्ञाप्रति निर्भरता बढाएको पनि महतले बताएका छन्।

‘निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिँदो छ भने संक्रमण बढ्ने क्रम कम भएको छैन,’ उनले भनेका छन्, ‘कतिपय ठाउँहरुमा समुदाय स्तरमासमेत संक्रमण फैलिएको छ। निषेधाज्ञा लगाउने/नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ।’

कांग्रेसको तर्फबाट कोरोना अनुगमन समितिले केही दिन अगाडि १३ वुँदे ध्यानाकर्षणसहित सरकारसँग कोरोना रोकथाम,  उपचार व्यवस्थापन र आर्थिक—सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरे पनि सरकारले केहि काम नगरेको महतको भनाइ छ। 

‘सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी देखिएन। हामी सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दछौं,’ सहमहामन्त्री महतले भनेका छन्।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न कांग्रेसले सरकारसँग फेरि माग गरेको छ।

यो पनि पढ्नुहोस :

वामदेवलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्रीले नै गरे प्रस्ताव

काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण

१२२८ जनामा कोरोना संक्रमण पुष्टि

लगातार बढेको सेयर बजारमा साताको अन्तिम दिन सामान्य करेक्सन, २ अर्ब ६३ करोडको कारोबार

रातो मछिन्द्रनाथको रथ तान्दा झडप, प्रहरीले हान्यो अश्रुग्यास, स्थिती तनाबग्रस्थ

विषालु सर्प पाल्न ‘झलनाथ खनाल प्रतिष्ठान’ले पायो ७२ करोड रुपैयाँ

samajikkhabar.com