samajikkhabar.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच शनिबार साँझ भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा बाढी पहिरोबाट विस्थापित सिन्धुपाचोकवासीलाई सुरक्षित स्थानमा स्थायी आवास बनाएर स्थानान्तरण गर्नेबारे छलफल भएको जनाइएको छ ।

सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौति क्षति एवं अस्थायी बसोबासको प्रबन्धबारे भेटमा सभामुृख सापकोटाले प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयमा छलफल भएको उनले बताए ।

यो पनि पढ्नुहोस:

उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

स्याङ्जामा एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर

नेपालमा कोरोना : कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु पुष्टि

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ७८ हजार बढीमा कोरोना संक्रमणबाब नदिउँ, राज्यको धेरै पैसा खर्च हुन्छ

सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

आजको राशिफल : २०७७ भदौ १४ गते आइतबार

samajikkhabar.com