samajikkhabar.com

काठमाडौं : निषेधाज्ञाको बेलामा होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न विवेकशील नेपाली दलले सरकारलाई आग्रह गरेको छ ।

हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ ।

दलको तर्फबाट उपाध्यक्ष अजिता राईले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘संक्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन, र महामारीका बखत धेर–थोर रोजगारी सिर्जना गरिरहेका ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनु हुँदैन ।’

विवेकशील नेपाली दलले ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न मागसमेत गरेको छ ।

यो पनि पढ्नुहोस:

रानीपोखरी पुनर्निर्माणको काम ९० प्रतिशत सकियो

भारतमा एकै दिन ७६ हजार जनामा कोरोना संक्रमण, मृतक ६२ हजार बढी

आजको राशिफल : २०७७ भदौ १३ गते शनिबार

ट्रम्पले कोरोनालाई फेरि भने चिनियाँ भाइरस, छिट्टै भ्याक्सिन बनाएर निमिट्यान्न पार्ने दाबी

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

चेन्नईको टोलीमा १ खेलाडी सहित १२ जनामा कोरोना संक्रमण पुष्टि

samajikkhabar.com