काठमाडौं : प्रधानमन्त्री केपी शर्माले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना दिएका छन् ।
शुक्रवार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ओलीले आबेलाई शुभकामना दिएका हुन् ।
‘तपाईं बिरामी भएको सुन्दा दुख लागेको छ,’ ओलीले लेखेका छन्, ‘शीघ्र स्वास्थ्यलाभको शुभकामना छ । तपाईंको नेतृत्वमा नेपाल-जापान सम्बन्ध अझ गहिरो बनेको छ ।’
आबेले आजै एक कार्यक्रममा बोल्दै आफ्नो स्वास्थ्यका कारण राजीनामा दिने बताएका थिए ।
नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ओली र आबेको स्वास्थ्यस्थितिको तुलना गर्दै ओलीले पनि राजीनामा दिनुपर्ने बताइरहेका छन् ।