samajikkhabar.com

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भनिएको बैठक सरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यही भदौ १८ का लागि बैठक सारिएको जानकारी दिए ।

उनका अनुसार कोभिड–१९ को जोखिमका कारणले बैठक सारिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले  प्रतिवेदन बुझाएपछि बैठक बोलाउन सहमति गरेका थिए । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि बैठक वोलाइएको हो ।

पार्टीले गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।

यो पनि पढ्नुहोस:

नेपालमै फल्छ विश्वकै सबैभन्दा महंगो तरकारी, कती पर्छ मुल्य?

थप ९२७ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ४१५ संक्रमित

रक्षामन्त्री पोरखेल र गृहमन्त्री थापा होम आइशोलेशनमा

अरबपती विनोद चौधरीलाई कोरोना संक्रमण

खोप परीक्षणको अन्तिम चरणमा नेपाल

अख्तियारले ‘क्लिन चिट’ दिन लागेका गोकुल बाँस्कोटा फेरी मन्त्री बन्दै

samajikkhabar.com