samajikkhabar.com

काठमाडौं : पूर्वमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘क्लिन चिट’ दिने तयारी गरेको छ। ७० करोड रुपैयाँ घुसबारे बार्गेनिङ गरेको आरोप खेपेका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अख्तियारले ‘क्लिन चिट’ दिने तयारी गरेको हो । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको मोलमोलाई गरेको भनिएको अडियो रेकर्ड सार्वजनिक भएको थियो । 

सो अडियो सार्वजनिक भएपछि अनुसन्धानलाई सहजता प्रदान गर्न भन्दै २०७६ फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका थिए। 

आरोपी बाँस्कोटाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेको भनि उजुरी तामेलीमा राख्ने तयारी अख्तियारको छ । सो उजुरीमाथि गरिएको भनिएको अनुधानको प्रतिवेदनमा ‘बाँस्कोटाले घुस लिएर खाएको प्रमाणित नहुने’ उल्लेख गरिएको छ । सो प्रतिवेदन अख्तियारको बैठकमा पेस हुने र त्यहींबाट उजुरी तामेलीमा पठाउने तयारी भएको स्रोतको दावी छ ।

अनुसन्धान थालेको ६ महिनापछि उजुरीलाई तामेलीमा राख्न लागेको अख्तियारबाट क्लिन चिट पाउन लागेका बाँस्कोटा फेरि मन्त्री बन्न लागेको राजनीतिक वृत्तमा चर्चा पनि हुन थालेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका बेला अख्तियारबाट बाँस्कोटाले क्लिन चिट पाउन लागेका हुन् । प्रधानमन्त्री ओलीको अतिविश्वास पात्र र भरपर्दो नेताको परिचय बनाएका बाँस्कोटा पुनः मन्त्री बन्न सक्ने आँकलन गरिएको छ । 

यो पनि पढ्नुहोस:

सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत

आज फेरी घट्यो सुनको मूल्य

मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारीमा ओली : बालुवाटारमा बढ्यो चहलपहल

काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक

अमेरिकामा कोरोना भाइरसको खोप बिस्तारित चरणमा, ३० हजार मानिसमा परीक्षण गरिदै

तरकारी र खाद्यान्न पसलमा उपभोक्ताको भिड, दूरीसमेत कायम भएन

samajikkhabar.com