samajikkhabar.com

काठमाण्डाै : सरकारले चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याललाई कार्यसम्पादनमा कमजोरी भएकाले फिर्ता नबोलाएको स्पष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले काम गर्न नसकेकोले पौड्याललाई फिर्ता नबोलाइएको र उहाँभन्दा अझ उच्च राजनीतिक प्रतिनिधित्व गराउन फिर्ता गरिएको बताउनुभयो ।

‘उच्च तहको राजनीतिक प्रतिधित्व गराउनुपर्छ, जसले हामीलाई काम गर्न थप सजिलो हुन्छ, हामीले फिर्ता बोलाउनुको प्रयोजन यत्ति मात्रै हो, उहाँको कार्यसम्पादन र निष्ठामाथि कुनै प्रश्न उठेको छैन’ ज्ञवालीले भन्नुभयो, ‘उहाँ कर्मचारीतन्त्रभित्रको एउटा सफल मान्छे हो, उहाँको क्षमतामा अविश्वास गर्न सकिन्न, तर कतिपय राजनीतिक मुद्दामा सम्झाैता गर्न सजिलो होस् भनेर अर्को मान्छे पठाउन खोजिएको हो ।’

राजदूत लिलामणि पौड्याललाई कार्यसम्पादनमा कमजोरी भएकाले फिर्ता नबोलाएको र उहाँभन्दा अझ उच्च राजनीतिक प्रतिनिधित्व गराउन फिर्ता गरिएको भन्नुको अर्थ नेताको आफन्त वा चन्दा दिने ब्यापारीको नजिक नभएकै कारण चिनबाट राजादुत पौड्याललाई फिर्ता बोलाइको अड्कल जनमानसमा गर्न थालिएको छ।

यदी उहाँभन्दा अझ उच्च राजनीतिक प्रतिनिधित्व गराउन फिर्ता गरिएको हो भने तल उल्लेखित राजदुत पूर्व मुख्य सचिब लिलामणि पौड्याल भन्दा योग्य कसरी भए ? र उनिहरुको बारे किन कहिकतै बहस गरिदैन ? यसैबाट प्रष्ट हुन्छ नेताको आफन्त/ब्यापारीको नजिक नभएकै कारण चिनबाट राजादुत पौड्याललाई फिर्ता बोलाइको हो।

  • प्रतिभा राणा, जापान : देउवाकी सासू राणा कांग्रेस र माओवादीको सरकारका पाला राजदूत नियुक्त भएकी हुन्
  • शर्मिला पराजुली, ओमान : म्यानपावर व्यवसायी पराजुली गच्छदारको पार्टीको कोटाबाट ०७३ मा राजदूत भएकी हुन्
  • दावाफुटी शेर्पा, स्पेन : यती समूहका ल्हाक्पा सोनाम शेर्पाकी छोरी दावालाई वर्तमान सरकारले राजदूत बनाएको हो 
  • अन्जन शाक्य, इजरायल : प्रधानमन्त्री ओलीकी साली अञ्जन शाक्यलाई यही सरकारले राजदूत बनाएको हो 
  • महेशराज दाहाल, अस्टेलिया : कांग्रेसका पाला एनटिभीमा महाप्रबन्धक भएका दाहाल नेकपा प्रवेश गरेपछि राजदूत भएका हुन्

samajikkhabar.com