samajikkhabar.com

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली एक्लिएको समाचार त प्रकाशन भइरहेका छन् ।

सचिवालय सदस्य समेत रहेका ओली कमिटिमा अल्पमतमा पर्न थालेका छन् । उनलाई एक पछि अर्का नेताले साथ छोड्दै गएका कारण ओली एक्लिएका हुन् ।

एकलौटी निर्णय गर्ने गरेका ओली अहिले उनको निर्णय कार्यान्वयन नहुने चरणमा पुगेको छ । शुक्रवार नेकपा अध्यक्ष केपी ओली बाहेकका शीर्ष नेता सहभागी बैठकले यसअघि सचिवालय बैठकले गरेको निर्णय कार्यन्वयन गराउने निष्कर्ष निकालेको छ ।

शुक्रवार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा नेताहरुको बैठक बसेको हो । सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेकोमा अध्यक्ष ओली त्यसको विरुद्ध देखिएपछि नेताहरुले यस्तो निर्णय गरेका हुन् ।

खुमलटारमा भएको बैठकमा प्रचण्ड, वामदेव गौतम, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ सहभागी बैठकले उपाध्यक्ष गौतमको विकल्प खोज्न नहुने निष्कर्ष समेत निकालेको छ ।

बुधवार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । तर प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओली भने सचिवालयको निर्णय कार्यान्वयन नगर्ने भन्दै अर्का नेता माधवकुमार नेपाललाई फोन गरेको कुरा वाहिरिएको थियो । नेकपा भित्र यस्तो विवाद देखिएपछि पार्टीमा संकट उत्पन्न भएको छ ।

खुमलटार बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीलाई सचिवालयको निर्णयबाट पछि नहट्न सुझाव दिने समेत निर्णय गरेको छ । त्यसका लागि सोमबारसम्म पर्खने निष्कर्ष बैठकले गरेको छ ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सर्वसम्मत निर्णय गरेपछि नेकपामा चर्को विवाद देखिएको छ ।

प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने चेतावनी दिँदै राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने चेतावनी नेताहरुलाई दिएपछि नेकपामा संकट देखिएको हो ।

samajikkhabar.com