samajikkhabar.com

काठमाण्डाै : नेपाल निजामती कर्मचारी युनियन (संघ) को केन्द्रीय कार्यसमितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कारबाही नभए बहिष्कार गर्ने चेतावनी दिएका छन्। 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे सार्वजनिक अडिओमा मन्त्री बाँस्कोटाले निजामती कर्मचारीप्रति अश्लिल शब्द प्रयोग गरेको संघको आरोप छ।

संघका उपमहासचिव दुर्गाप्रसाद फुँयालले बिहीबार विज्ञप्ति निकालेर मन्त्री बाँस्कोटाले कर्मचारीप्रति प्रयोग गरेका शब्दप्रति खेद प्रकट गरेका छन्।

संघले मन्त्री बाँस्कोटालाई कारबाही नभए उनलाई बहिष्कार गर्नपर्ने स्थिति आउने पनि चेतावनी दिएको छ।

‘अपशब्द र अश्लिल शब्द प्रहार गर्ने मन्त्रीलाई कानुनी कारबाही नभएमा बहिष्कार गर्नै पर्ने दिन देख्न नपरोस्,’ विज्ञप्तिमा भनिएको छ।

samajikkhabar.com