samajikkhabar.com
xi jing ping back to china

चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । एयर चाइनाको विशेष विमानमार्फत दिउँसो करिब सवा २ बजे उनी स्वदेश फर्किएका हुन् । चिनियाँ राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गरे । उनलाई बिदाई गर्न प्रधानमन्त्री ओलीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना विमानस्थल पुगेका थिए ।

samajikkhabar.com