samajikkhabar.com

बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान काठमाण्डौँ महानगरपालिका–१६, बालाजु चोक स्थित मेलम्ची खानेपानीको पाइप सफा गर्ने उनीहरुको ज्यान गएको हो ।

प्रहरीका अनुसार बिहान मेलम्ची खानेपानी आयोजनाको पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकहरु सहोदर दाजुभाइ हुन् ।

उनले भने,‘पाइप सफा गर्न सडकमा रहेको मुख्य सुरुङबाट छिरेका उनीहरू त्यही अड्किएका थिए । लामो समयसम्म बाहिर ननिस्किएपटि डोजर लगाएर खनेर दुवैलाइ निकालिएको हो ।’

singhadurbar daily
samajikkhabar.com