samajikkhabar.com

१४ महिना देखि बन्द भएको मलेसिया रोजगारी तुरुन्त नखुलाईए म्यानपावर सञ्चालकले लाइसेन्स फिर्ता गर्ने चेतावनि दिएका छन् । म्यानपावर व्यावसायिले मंगलवार वैदेशिक रोजगार विभागमा घेराउ गर्ने क्रममा यस्तो बताएका हुन् ।

संघका अध्यक्ष रोहन गुरुङले श्रममन्त्री गोकर्ण बिष्टले आवेगमा आएर कुटनितीक पहल बिना निर्णय लिएकोले समस्या आएको बताएका छन् । कसैको इगोलाई लिएर हतारमा एक्सन लिँदा रोजगारीको प्रमुख गन्तब्यको रुपमा रहेको मलेसिया रोजगार संकटमा परेको पनि बताएका छन् ।

सरकारले गत कार्तिक १२ मा मलेसियासँग गरेको श्रम समझदारिमा नेपालि कामदारको सम्पुर्ण लागत रोजगारदाता कम्पनि स्वयम बेहोर्नु पर्ने उल्लेख छ । सहमति भैसकेकोले अब मलेसिया रोजगारी बन्द गरिराख्नुको औचित्य नरहेको पनि गुरुङले बताउनु भएको छ । गरुङले तत्काल मलेसिया रोजगारीको लागि खुल्ला नगरिए सरकारलाई लाइसेन्स जिम्मा लगाउँछौँ समेत भन्नु भएको छ ।

बैदेशिक रोजगार व्यावसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तनाले मलेसिया रोजगार बन्द भएसँगै व्यवसायी र रोजगारीका लागि मलेसिया जाने कामदार दुवै समस्यामा परेकोले तत्काल समस्याको समाधान सरकारले गर्नुपर्ने बताउनु भएको छ । अन्यथा भविष्यमा अझै ठुलो समस्या निम्तिने समेत भन्तनाले बताउनु भयो ।

सरकारले मलेसिया श्रम सम्झौताको विषय सार्वजनिक नगरेर सर्वसाधारणको सुचनाको हक समेत कुण्ठित पार्न खोजेको आरोप व्यावसायीहरुको छ । बैदेशिक रोजगार मन्त्रालयले २०७५ जेठ २ देखि मलेसिया रोजगारी बन्द गरेको थियो । जसको कारण ५०औँ हजार युवा रोजगारीबाट वन्चित भएका छन् ।

samajikkhabar.com