samajikkhabar.com

गुल्मीको मुसिकोट नगरपालिकामा ज्वाँइले जेठानको हत्या गरेका छन् ।
मुसिकोट नगरपालिका ३ तोलादिको नौघाटमा ४५ वर्षीय लक्ष्मण कुमालले आफ्नै जेठान ४९ वर्षीय मतिलाल कुमालको हत्या गरेका छन् । हत्या पछि लक्ष्मण आफैँले प्रहरीलाई जानकारि दिएका थिए ।
खेतमा पानीको निहूँमा सामान्य झगडा पछि हत्या गरेको भनिएपनि अन्य कारण पनि हुनसक्ने अनुमान गर्दै प्रहरिले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

samajikkhabar.com