samajikkhabar.com

रोल्पामा विषालु च्याउ खाँदा एकै परिवारको तिन जनाको ज्यान गएको छ । लुंग्री गाउँपालिका ६ पाटेगुम्चालका उनिहरुको उपचारको क्रममा मृत्यु भएको हो । पाटेगुम्चालकी २५ वर्षीय पुरमला बुढाथोकि र ७ वर्षीय छोरी सुनिता अनि ४ वर्षका छोरा पुष्करको मृत्यु भएको हो । छिमेकिका अनुसार पुरमालाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । भने छोरी सुनिताको आईतबार दिउँसो भैरहवा मेडिकल कलेजमै निधन भएको थियो । लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा छोरा पुष्करको शनिवार उपचारकै क्रममा ज्यान गएको हो । आफन्तका अनुसार ८ गते बेलुका गोठमा बस्दै आएका उनीहरु जंगलबाट ल्याएको विषालु च्याउ खाएर विरामी भएका थिए ।

samajikkhabar.com