samajikkhabar.com

काठमाडौं : साँझा यातायताले आज (बुधबार) देखि लामो दुरीको सवारी साधन सञ्चालनमा ल्याउने भएको छ ।

हिन्दूहरुको महानचाड दशैँ नजिकिदै गर्दा यात्रुहरुलाई घर जान समस्या हुने भन्दै साँझा यातायातले उनीहरुको सहजताका लागि लामो दुरीको सवारी साधान सञ्चालनमा ल्याउन लागेको साँझा यातायातको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र राज पाण्डेले जानकारी दिए ।

आजदेखि बुटवल, भैरहवा, सुनौली र काठमाडौं–पोखरा–बाग्लुृङ रुटमा गाडी सञ्चालन गर्न लागेको पाण्डेले बताए ।

गाडीमा अनिवार्य सामाजिक दुरी र स्वास्थ्य सावधानी अपनाउनुपर्ने छ । आज साँझ ७ बजे बाग्लुङ जाने र सवा ७ बजे सुनौली जाने गाडी नयाँ बस पार्कबाट छुट्ने छ ।

यात्रुले साँझाको कार्यालय हरिहर भवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्नेछन् । गाडीको भाडा भने नेपाल सरकारले तोके अनुसार ५० प्रतिशत बढेको छ ।

samajikkhabar.com