samajikkhabar.com

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनी स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

चावहिलस्थित ओम अस्पतालमा उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै डिस्चार्ज भएका हुन् । उनले सामाजिक सञ्जालमा आफू अस्पतालबाट डिस्चार्ज भएको भन्दै स्वास्थ्य अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा प्रकट गर्न महानुभाव र उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् ।

उनी चिकित्सकको सुझाव अनुसार होम आइसोलेसनमा बस्नेछन् ।

मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा…

Dr Shashank Koirala ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶನಿವಾರ, ಸೆಪ್ಟೆಂಬರ್ 19, 2020
samajikkhabar.com