
ललिता निवास जग्गा प्रकरणमा मुछिएका भनिएका डिल्लिबजार मालपोत कार्यलयका तत्कालिन नायब सुब्बा युक्तप्रसाद श्रेष्ठको शंकास्पद निधन भएको छ । ललिता निवास प्रकरणमा मुछिएकोले उनको निधनलाई शंकाको घेरामा राखिएको हो । यस विषयमा प्रहरिले अनुसन्धान गरिरहेको छ ।
पर्वतको फलेवास नगरपालिका ६ का श्रेष्ठ बालाजुमा रहेको हिमालयन सिटी सेन्टरको सात तलाबाट खसेर निधन भएको हो । श्रेष्ठ ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउन फाईल खडा गर्ने कार्यमा संलग्न रहेको पाइएको थियो ।