samajikkhabar.com

काठमाडौं : सरकारले ६ महिनापछि आन्तरिकतर्फको उडान सञ्चालन गर्न सकिने निर्णय गरेको छ ।

असोज १ गतेदेखि आन्तरिकतर्फको उडान सञ्चालन गर्न सकिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

सरकारका निर्णय सार्वजनिक गर्दै उनले यस्तो जानकारी दिएका छन् । 
उनका अनुसार उडानमा मास्क, स्यानिटाइजर र भाइजर अनिवार्य गरिएको छ ।

उडानमा एकातर्फका पंक्तिको सिटमा एकजनामात्रै यात्रु राख्नुपर्नेछ । चैतमा लकडाउन सुरु भएदेखि नै आन्तरिक उडान ठप्प थिए । 

त्यसैगरी अन्तर्राष्ट्रिय उडानलाई नियमित वा चार्टर्डको स्वीकृति पर्यटन मन्त्रालयले दिन सक्नेछ ।

samajikkhabar.com