samajikkhabar.com
singapore vs nepal -t20

सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा सिंगापुरसँग ८३ रनले पराजित हुँदा नेपालको २०२० टी–ट्वेन्टी विश्वकप खेल्ने सपना सकिएको छ । यस खेलको विजेता बन्दै टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा यूएईमा हुने विश्वस्तरीय छनोट प्रतियोगिता छनोट हुन नेपाल असफल भयो । त्यो अवसर सिंगापुरले पाएको छ ।

१९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । त्यसपछि दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे । सोमपाल कामीले ११ रनको योगदान गरे । पारस खड्का १२ रन बनाएर आउट भए । शरद भेषवाकर ७, रोकितकुमार पौडेल ५, विनोद भण्डारी ९ रन बनाएर आउट हुँदा करण केसी र सन्दीप लामिछाने शुन्य रनमै पेभिलियन फर्किए ।

नेपालका लागि अभिनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट लिए। नेपालविरुद्ध उच्च स्कोर बनाउने क्रममा टिम डेभिडले ४३ बलमा ७७ रन बनाए। त्यसैगरी रोहन रंगरजनले ३३ बलमा ४९ रन र मनप्रित सिंहले २७ बलमा ४२ रन बनाए। अभिनाश बोहराले १८औं र २०औं ओभरमा ३ विकेट लिएपनि सिंगापुरलाई रोक्नको लागि धेरै ढिलो भैसकेको थियो ।

samajikkhabar.com