samajikkhabar.com

स्याङ्जा : स्याङ्जामा ४ थान बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई ४ थान बन्दुकसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होविन्द्र वोगटीका अनुसार अवैधरूपमा हातहतियार राखेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा भरुवा बन्दुकसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

एक नाले भरुवा बन्दुक तीन थान र एक नाले १२ बोर बन्दुक एउटासँगै बारुद, टोटा, केप, ग्रिस डिब्बा, फलामको पाता, फलामको छर्रालगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

samajikkhabar.com