samajikkhabar.com

काठमाडौं : नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरस पुष्टि भएको छ । क्याप्टेन लामाले आफू कोरोना संक्रमित भएको सार्वजनिक रुपमै बताएका छन्।

उनीसँगै शान्ति सैनिकको टोलीलाई सुडान पु‍र्याएर फर्किएका अर्को एक क्याप्टेनलाई पनि कोरोना पुष्टि भएको छ। उनीहरुले आइतबार स्वाब दिएका थिए। अहिले उनीहरु सोल्टी होटलमा आइसोलेसनमा बसेका छन्। उद्धार उडान सुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ।

दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । यसअघि पनि नेपाल एयरलाइन्सका १० भन्दा धेरै उडान कर्मचारीमा कोरोना पुष्टि भएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।

samajikkhabar.com