samajikkhabar.com

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् ।

भदौ १५ गते कोरोना पुष्टि भएका शाक्यको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो । शनिबार स्वाब परीक्षणका लागि दिइएकोमा आज रिपोर्ट नेगेटिभ आएको हो ।

अब केही दिन निवासमै आरामपछि उनी नियमित काममा फर्किने उनको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण भएपछि शाक्य केही दिन घरमा र त्यसपछि होटल सोल्टीको आइसोलेशनमा बसेका थिए ।

samajikkhabar.com