samajikkhabar.com

बागलुङ : बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोटमा आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको छ भने उनका ७० वर्षीय श्रीमान मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् ।

पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।

बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीबोटका तीन घरमा क्षति पुर्याएको स्थानीय केदार पौडेलले बताए । आइतबार बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पुर्याएको छ ।

पहिरोको थप विवरण आउन बाँकी छ ।

samajikkhabar.com