samajikkhabar.com

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको कारण अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी सोमबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै मंगलबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

samajikkhabar.com