काठमाडौं : कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक डेरावालको मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका ७ मा घरबेटी प्रेमलाल महर्जनको कुटाइबाट भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार उनले सामान्य विवादका क्रममा भाटाले हिर्काएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले घरबेटी महर्जनलाई पक्राउ गरिएको बताए । उनले भने,“उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भइरहेको छ । के कारणले विवाद अनुसन्धानमा खुल्ने छ ।”
कुटपिटबाट घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
चौधरी केही दिनअघि मात्रै महर्जनको घर छाडेर अन्तै बस्न थालेको र शुक्रबार नै मापसे गरी उनको घरमा गएपछि विवाद भएको बताइएको छ ।