samajikkhabar.com

रौतहट : प्रहरीले नेपाली एक किशोरीलाई मध्यराति भारततर्फ लैजादै गर्दा ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहका अनुसार प्रहरी चौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट राति १ बजे पक्राउ गरेको हो।

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ का १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल छन् ।

अहिले घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

samajikkhabar.com