चितवन : नारायणगढ-मुग्लिङ खण्डको भतेरीमा रुखसहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिका २९ मा अन्तर्गत भतेरीमा करिब दिउँसो १ बजे सुक्खा पहिरो खसेको चितवन ट्राफ्रिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।
उनका अनुसार रुख र पहिरो पन्छाउन लोडर मगाइएको र एकतर्फी खुल्न मात्र १ घण्टा लाग्नेछ । ‘‘दुईवटा ठूलो रुखसहित पहिरो गएको छ,’’ उनले भने, ‘‘दुईतर्फी सञ्चालन हुन साँझसम्म लाग्छ होला ।’’
पहिरो गएको स्थान नारायणगढबाट करिब ७ किलोमिटर मुग्लिनतर्फ पर्छ । सडक अवरुद्ध भएपछि दुवैतर्फका सवारीसाधन जाममा परेका छन् ।